बलिउड अभिनेता सलमान खान अभिनित चलचित्रको ‘टाइगर जिन्दा हे’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन अवतारमा देखिएका सलमान उक्त चलचित्रमा भारतीय एजेन्टको रूपमा देखिएका छन् ।

 

अलि अब्बास जफरले निर्देशन गरेको यो चलचित्रलाई यशराज ब्यानरले निर्माण गरेका हो । सलमानसँगै ट्रेलरमा अभिनेत्री कट्रिना कैफलाई पाकिस्तानी एजेन्टको रूपमा प्रस्तुत गरिएको छ । सत्य घटनामा आधारित भनिएका ‘टाइगर जिन्दा हे’ डिसेम्बर २२ तारिकमा रिलिज हुने छ ।