आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘परालको आगो’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ। सार्वजनिक ट्रेलरमा मुख्य पात्र सुहाना थापा र प्रकाश सपूतबीचको घरझगडा देखिन्छ ।
नयाँ वर्षलाई लक्षित गर्दै आज वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘पहाड’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
वैशाख २५ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको प्रतीक्षित चलचित्र ‘मालती मंगले’को टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । टिजरमा विजय बराल र वर्षा राउतको प्रेमिल जोडीलाई मन पराइएको छ भने दर्शकले कमेडियन /कलाकार मेक्सम गौडेलको पनि खुलेर तारिफ गरेका छन् ।
विश्वप्रसिद्ध ७९औं कान्स सिनेमा महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा नेपाली कथानक सिनेमा ‘एलिफेन्ट्स् इन द फग्’ छनोट भएको छ । यससँगै नेपाली सिनेमाले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक उपस्थिति जनाउन सफल भएको निर्माण पक्षले जनाएको छ ।
बैशाख ११ गतेबाट प्रदर्शन हुने चलचित्र ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक गरिएको छ। शुक्रबार निर्माण टिमले उक्त गीत ओएसआरको युट्युब च्यानलमार्फत रिलिज गरेको हो।
जेठ १५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कुम्भ’को पहिलो गीत 'स्वर्ग की परी' सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा नवनायक अशोक आर्यन र नव नायिका सृष्टि खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सम्पन्न भएको छ । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यस चलचित्रको २८ औँ दिनमा सकिएको निर्माण टिमले जानकारी दिएको छ । फाल्गुन २५ गते छायांकन सुरु भएर काठमाडौँ आसपासकै विभिन्न स्थानमा खिचिएको हो ।
नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा गठ्ठाघरमा अवस्थित जर्मन होम्स् होटलले 'न्यू इयर इभ सेलिब्रेसन' गर्ने भएको छ । कार्यक्रममा चर्चित गायक विश्व नेपाली र उनको ब्याण्डको लाइभ प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ ।
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक 'वाइफाइ ६' (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
षट्कोण आर्टसले निर्माण गरेको चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रसंशा सुवेदी, बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन् ।