नायक अनमोल केसीसँग नेपाली रजतपटमा डेव्यु गर्न लागेकी नायिका अदिती बुढाथोकीको चर्चा यति बेला भारतीय मिडियामा भएको छ । लामो समय देखि भारतको मुम्बईमा बस्दै आइरहेकी अदितीले हाल छायाँङ्कन भइरहेकाे चलचित्र ‘कृ'मा अनमाेलसँग राेमान्स गर्दै छिन् ।झापामा जन्मिएकी अदितीले केही भारतीय म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । केही समय अगाडी मात्रै उनको एक पन्जाबी म्युजिक भिडियो सार्वजनिक भएको थियो । यति बेला उनकाे एक भारतीय लिडिङ अनलाइनले बलिउड अभिनेत्री सन्नी लियोनीसँग नाम जोडेर समाचार बनाएकाे छ ।

‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिँदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा बनाइएकाे उत्त समाचारमा उनकाे तस्बीरहरु फिचर छन् । समाचारमा बलिउडमा हट र बोल्ड नायिकाहरुको कमी नभएको तर बलिउड नायिकालाई नै पछि पार्ने नेपालकी हिरोइन् अदिती बुढाथोकी भनेर लेखिएको छ ।