बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’को ट्रेलरले नयाँ रेर्कड राखेको छ । एक्सन अवतारमा देखिएका सलमानको टाइगर जिन्दा हेको ट्रेलरमा करिब ८ लाख  लाइक आएको छ । जुन संसारभरको सर्वाधिक लाइक हो । त्यसको साथै टुइटरमा अहिले सम्म सबै भन्दा बढी टुइट भएको ट्रेलर समेत बनेको छ ।

 

रिलिज भएको छोटो समयमा नै यतिधेरै भ्युज र लाइक कमाएको टाइगर जिन्दा हेको ट्रेलरलाई धेरैले रुचाएका छन् । २०१२ मा रिलिज भएको चलचित्र ‘एक थाहा टाइगर’को सिक्वेल रहेको ‘टाइजर जिन्दा हे’मा सलमान भारतीय एजेन्टको रूपमा देखिएका छन् । त्यस्तै अभिनेत्री कट्रिना कैफलाई पाकिस्तानी जासुसको रूपमा देखाइएको छ । यशराज फिल्म्सको ब्यानरमा बनेको चलचित्रलाई अलि अब्बास जफरले निर्देशन गरेका छन् । चलचित्र डिसेम्बर २२ बाट रिलिज हुँदै छ ।