बाहुबली अभिनेता प्रभाष र बाहुबलीकी अभिनेत्री अनुष्का शेट्टीको अफेयरको खबर बेला बखत मिडियामा आइरहन्छ । धेरै चलचित्र एकसाथ काम गरेका प्रभाष र अनुष्काले आफूहरू मिल्ने साथीमात्र रहेको मिडियामा बताउँदै आइरहेका छन् । यति बेला प्रभाषले अनुष्कालाई जन्मदिनमा दिएको उपहारको कुराले भारतीय मिडियामा राम्रो स्थान पाइरहेको छ । आफ्नो ३६ औँ जन्मदिन मनाएकी अनुष्कालाई प्रभाषले उपहार स्वरूप बि एम डब्ल्यु कार दिएका थिए । प्रभाषले महँगो उपहार दिएको कारण यति बेला यी दुईको सम्बन्धको चर्चा सुरु हुन थालेको छ । यता अनुष्काले भने प्रभाषको जन्मदिनमा घडी उपहार दिएकी थिइन् । भारतीय मिडिया अनुसार प्रभाषको विपरीत भएर अनुष्का केही काम गर्दिनन् । हालै बलिउडका चर्चित निर्माता, निर्देशक करण जोहरले अनुष्कालाई एक चलचित्रको लागी अफर गरेका थिए । बुझिए अुनसार प्रभाषले उक्त चलचित्र नगर भनेपछि अनुष्काले करणको चलचित्र अस्वीकार गरेकी थिइन् । त्यस्तै प्रभाषको लागी पनि करणले प्रस्ताव गरेका थिए । प्रभाषले चर्को पारिश्रमिक मागेपछि करण पछि हटेको बताइएको छ । हाल प्रभाष चलचित्र ‘साहो’को छायाँकनमा व्यस्त छन् भने अनुष्का ‘भागमती’मा व्यस्त छिन् ।