बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘रेस ३’मा सलमानको पहिलो लुक सार्वजनिक भएको छ । रेमो डिसुजाको निर्देशनमा निर्माण भइरहेको चलचित्रको पहिलो लुक्स् सलमानले ट्विटरमार्फत सेयर गरेका थिए । सलमान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’को ट्रेलर हालै सार्वजनिक भएका थियो । टाइगर जिन्दा हे डिसेम्बर २२ मा रिलिज हुँदै छ भने रेस ३ आगामी वर्ष २०१८को इदमा रिलिज हुने भएको छ । हाल छायाङ्कन भइरहेको रेस ३ मा सलमानको साथमा जैकलिन फर्नाडिज, साकिब सालीम, बबी देवल र डेजी शाहको मुख्य भूमिका रहेको छ । यसअघिको रेस र रेस २ मा बलिउड अभिनेता सैफ अलि खान रहेको थिए । तर चलचित्रकाे तेस्राे  सिरिजमा भने सलमान अनुबन्धित भएका हुन् ।