बलिउड चलचित्र ‘पद्मावतीको विरोधले पछिल्लो समय निकै चर्चा पाइरहेको छ । संजयलिला भन्सालीको निर्देशनमा तयार भएको चलचित्रको विरोध यति सम्म भइसक्यो कि चलचित्र रिलिज हुने राजपूत करणी सेनाले भारत बन्द गर्ने आह्वान गरेको हो । चलचित्रकी नायिका दीपीका पादुकोणले एक अन्तवार्तामा पध्मावती जुनै पनि हालतमा रिलिज हुने बताएकी थिइन् । यता दीपिकाको अभिव्यक्तिलाई लिएर करणी सेनाले रिलिज हुने दिन डिसेम्बर १ मा भारत बन्द गर्ने आह्वान गरेको हो । भारतीय मिडिया अनुसार सेनाले चलचित्र विरुद्ध भारतभर जुलुस निकाल्ने तयारी गरेको बताइएको छ । –एजेन्सी