बी.आर. चोपडाको १९८८ को टेलिभिजन सिरिज महाभारत मा कर्णको प्रसिद्ध भूमिकाका लागि परिचित,अभिनेता पंकज धीर बुधबार ६८ वर्षकाे उमेरमा निधन भएकाे छ।
पछिल्ला केही महिनादेखि अस्पताल भित्र-बाहिर उपचाररत रहेका पंकज धीर क्यान्सर बाट पीडित थिए। ।
पंकज धीरका चन्द्रकान्ता, बधो बहू, ज़ी ह्यारर शो, कानून ससुराल सिमर जस्ता सिरिजहरूमा काम गरेका थिए। साथै उनले सोल्जर, अन्दाज़, बादशाह र तुमको ना भूल पाएंगे जस्ता फिल्महरूमा पनि अभिनय गरेका थिए।