भारतीय सिनेमा बजारमा पछिल्लो समय चलचित्र ‘पद्मावती’ चर्चा व्यापक भइरहेको छ । विवाद र चर्चाको बिचमा रहेको यो चलचित्र डिसेम्बर १ मा सार्वजनिक गरिने भनिएको थियो । तर विवादले नयाँ मोड लिएपछि चलचित्र पोस्टपोन्ड भएको हो । भारतीय सञ्चारमाध्यमको अनुसार चाडैनै चलचित्रले नयाँ डेट फाइनल गर्ने जनाएको छ । चलचित्र रिलिज डेज नजिक आउँदै गर्दा सेन्सरको लागी पठाएता पनि सेन्सर नै नहेरी फर्कादिएपछि चलचित्रको रिलिज डेट सरेको हो । निर्माण समयबाट नै चलचित्रको नामलाई लिएर विवाद भएको ‘पद्मावती’ले राजपुतनको ऐतिहासिक कथा विपरीत चलचित्र निर्माण गरेको आरोप लगाइदै आइरहेको छ । चलचित्रलाई संजयलिला भन्सालीले निर्देशन गरेका हुन् । यसमा दीपिका पादुकोण, साहिद कपूर, रणविर सिहं लगायतका कलाकारको अभिनय रहको छ ।