नेपाली सिनेबृतमा प्रेमसम्बन्धको कारण अभिनेत्री प्रियंका कार्की र नायक आयुष्मान देशराजको चर्चा भइरहेको नै हुन्छ । विगत केही समययता आयुष्मान आफ्नो मोडलिङ करियर बनाउन मुम्बई छन् भने प्रियंका चलचित्र ‘कोहलपुर एक्सप्रेस’को सुटिङको लागी नेपालगन्गमा छिन् ।
केही दिन यता आयुष्मान प्रियंकालाई भेट्नकै लागी नेपाल आएका छन् । उनी नेपाल आएको एक दिन पनि नबित्दै कार्कीलाई भेट्न सुटिङ सेटमा पुगेका थिए । इन्टाग्राममा प्रियंका र आयुष्मान दुवैले सँगै बसेको केही तस्बिरहरू सेयर गरेका छन् । बुझिए अनुसार प्रियंका केही दिन भित्रमा नै चलचित्र ‘लिलिबिली’को सुटिङको लागी बेलायत जादैछिन् । बेलायतको बसाई लामो हुने कारण आयुष्मान प्रियंकालाई सुटिङ सेटमै भेट्न गएको बताइएको छ । तर जे होस प्रियंका प्रति आयुष्मानको मायालाई मान्नै पर्छ ।