बेलायतको विभिन्न स्थानमा धमाधम छायाङ्कन भइरहेको चलचित्र 'लिलिबिली'को केही तस्बिरहरू सार्वजनिक भएको छ ।

मिलन चाम्सको निर्देशनमा बनिरहेको चलचित्रको ३० प्रतिशत सुटिङ सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

सुटिङ सेटबाट बाहिरिएको तस्बिरमा भने नायक प्रदीप खड्का र नव नायिका जसिता गुरुङ रोमन्टिक मुडमा देखिएका छन् । तस्बिरमा यी दुईको जोडी जमेको देख्न सकिन्छ ।
चलचित्र लिलिबिलीमा प्रदीप र जसिताको साथमा अभिनेत्री प्रियंका कार्कीको पनि मुख्य भूमिका रहेको छ ।

प्रियंका केही दिनमा नै सुटिङको लागी बेलायत जाने बताइएको छ ।
