बलिउड अभिनेत्री तापसी पन्नू ट्रोलको सिकार भएकी छिन् । तापसीले केही दिन अघि आफ्नो एक फोटो ट्वीटरमा पोस्ट गरेकी थिइन् । जसमा उनले कालो र सेतो स्ट्राप्लेस कपडा लाउनुका साथसाथै  “कहिलेकाँही सबै भन्दा राम्रो क्षणहरू असीमित, अपरिचित र प्रयोग नगरिएको“ भनेर लेखेकी थिइन ।

सोही तस्बिरलाई लिएर महिला सशक्तिकरणका कार्यकर्ताले उनलाई ट्रोलका सिकार बनाएका हुन् । तापसीको तस्बिरलाई लिएर यति बेला सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । उनलाई लुगा किन्न पैसा नभएको, शरीर देखाउन मनपर्ने, संस्कृति बिर्गाने जस्ता कमेन्टहरु आएका छन् । चर्को आलोचना पछि तापसीले ‘तपाईँ जस्तो संस्कृतिको रक्षा गर्ने रक्षक कहाँ भेटिन्छ । त्यही चिन्नको लागी यस्तो लुगा लगाएको । नत्र सजिलोसँग कहाँ पाइन्छ र ?’ भनेर लेखेकी ट्वीटरमा टुइट गरेकी छिन् ।