नेपाली चलचित्र क्षेत्रका सबैभन्दा महंगो नायकको रुपमा अनमोल केसी परिचित हुँदै गएका छन् । थोरै चलचित्रमा काम गरेर धेरै चर्चा कमाउने नायक अनमोल केसीको फ्यान फलोइङ युवापुस्तामा निकै नै देखिन्छ । सोही कारण पनि उनी अभिनित कुनै पनि चलचित्रले हालसम्म असफलको तितो स्वाद चाख्नु परेको छैन । अनमोल अभिनित यस वर्षको बहुप्रतिक्षित चलचित्र ‘कृ’ प्रदर्शनमा आउने तयारी गर्दैछ । तर यतिबेला सिनेवृत्तमा अनमोललाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छ । केही समय अघि चलचित्र ‘लिलिबिली’मा अनमोलले ३० लाख रुपैयाँ पारिश्रमिक दिने चर्चा चलेको थियो । तर, लिलिबिली निर्माण टिमले अनमोलसँग चलचित्रको अफर नै नगरेको बताउँदै आएका छन् । सोमबार मात्र अनमोलाई अभिनेत्री झरना थापाले नयाँ चलचित्रको लागि ५० लाख रुपैयाँमा अफर गरेको समाचार बाहिरिएको थियो । झरनाले उक्त समाचार गलत भएको भन्दै खण्डन गरिन् । झरनाले आफूले अनमोलको बारेमा नयाँ चलत्रिचको लागि नसोचको र आएका सबै समाचार कपोकल्पित रहेको सिनेपाटीलाई जानकारी दिइन् । निर्माताहरु अनमोललाई अफर नै नगरेको बताउँदै आएका छन् भने पछिल्लो केही समय यता अनमोलले चर्को पारिश्रमिक अफर गरेको समाचारहरु आइरहेका छन् । यी सबै समाचार अनमोलको स्टारडमलाई अझ बढाउनको लागि अभिनेता भुवन केसी स्वयम्ले समाचार लेखाएको भुवन निकट व्यक्तिहरु बताउँछन् । कतै भुवन अनमोललाई चर्को पारिश्रमिकको हल्ला गरेर मंहगो अभिनेता बनाउने दौडमा त छैनन् ?