‘प्रेमगीत’बाट चर्चामा आएकी नायिका हुन् पूजा शर्मा । यस अघि केही चलचित्रहरु प्रदर्शनमा आएता पनि उनलाई प्रेमगीतबाट नै नायिकारुपमा परिचित गराएको थियो । चलचित्र सफल भएसँगै पूजाको फ्यान फलोइङ राम्रो छ । यही वर्ष शर्माको निर्माण र अभिनय रहेको ‘म यस्तो गीत गाउँछु’ प्रदर्शनमा आएको थियो । जुन सफल पनि रह्यो ।
म यस्तो गीत गाँउछु रिलिज भएसँगै पूजाको हातमा अहिले चलचित्र छैन भन्ने हल्ला सिने बजारमा चलिनै रहन्छ । तर केही दिन मात्र उनले ६ लाख पारिश्रमिक पाएको चलचित्र छोडेको समाचार बाहिरिएको थियो । किन चलचित्रको अफर छोड्दै छिन् पूजा ? भन्छिन् ‘यो मेरो घमण्ड होइन, समझदारी हो । प्रेमगीत पछि धेरै चलचित्रमा अफर आएको थियो । मैले दर्शकको लागी केही नयाँ गर्नु थियो । त्यही कारण ‘म यस्तो गीत गााउछु’ निर्माण गरे ।’ उनी थप्छिन् ‘म यस्तो गति गाउछु पछि अब दर्शकलाई म माथि धेरै अपेक्षा छ । अब दर्शकले गरेको विश्वासको लागी मेहनत गरिरहेको छु ।’ आफूलाई अफर आएको चलचित्रको कथा चित्तबुझ्दो नभएको कारण पनि अहिलेलाई केही नसोचेको उनले बताइन् ।हाल पूजा ‘म यस्तो गीत गाउछु’ प्रदर्शनको लागी पोल्याण्डमा छिन् । नयाँ चलचित्रको कथा लेखन भइरहेको र चाडैँले चलचित्रको नाम घोषणा गर्ने उनले बताइन् ।