पछिल्लो समय नेपाली सिनेबृतमा नायक–नायिकाको पारिश्रमिकको चर्चा बढ्दो छ । अझ केही दिन अघि नायक अनमोल केसीलाई झरना थापाले ५० लाख पारिश्रमिकको अफर गरेको कुराले बढी नै चर्चा पायो । यद्दपी झरनाले अनमोललाई अफर नै नगरेको समेत फेसबुक स्टाटसमा लेखेकी थिइन् ।
बुधवार चलचित्र ‘ए मेरो हजुर २’ प्रदर्शनको लागी अस्ट्रेलिया जानेक्रममा झरनाले मिडिया सामु अनमोललाई ५० लाख दिएको समचार गलत भएको बताएकी छिन् । झरना भन्छिन् ‘मैले कहिले अफर नै गरेको छैन । वितरकको माध्यमबाट अनमोलको अफर मलाई आएको थियो ।’ झरनाले अनमोललाई ५० लाख दिएर चलचित्र खेलाउन नसक्ने समेत बताइन् । ‘१ करोडमा एउटा चलचित्र नै तयार हुन्छ । त्यसमा मैले अनमोललाई ५० लाख दिए भने कस्तो सिनेमा बनाउनु ? ’ झरना भन्छिन् ।