बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली बिचको प्रेमसम्बन्ध कोहीसामु लुक्न सकेको छैन । यी दुई खुलेर नै आफ्नो प्रेमसम्बन्धको बारेमा मिडियामा आइरहन्छन् । लामो समयदेखि प्रेममा रहेका बिराट र अनुष्काको बिहेको खबरले यति बेला भारतीय संचारमाध्यम तातिएको छ । भारतीय संचारमाध्यम अनुसार विराटको दिल्ली घर र अनुष्काको मुम्बई निवासमा विवाहको लागि तयारी सुरु भइसकेको छ । फैशन डिजाइनर सब्यासाची उनको टोलीसँग अनुष्काको घरमा गएकी थिइन । सब्याले अनुस्काको लागि बिबाहाको पोसाक डिजाइन गर्दै छिन् भनेर भारतीय सञ्चारले लेखेको छ । केही दिन अघि बिराटले डिसेम्बर महिनामा ब्रेक माग्नुका साथसाथै अनुष्काले पनि शाहरुखको नयाँ चलचित्रको लागि थप्प समय मागेकी थिइन । विवाह पश्चात् उनीहरू मुम्बईको वोर्ल्ली इलाकामा सीफ्ट हुने छन् । उक्त इलाकामा उनीहरूले ३४ करोडको फ्लट किनेको खबर चर्चामा आएको छ।