बलिउड अभिनेत्री कंगना रनावत सुटिङको क्रममा घाइते भएकी छिन् । उनी घोडा चढ्दा लडेकी हुन् । घोडाबाट लडेकी कंगनाको खुट्टा चोट लागेको बताइएको छ । चलचित्र ‘मणिकर्णिका’को सेटमा घोडाबाट झ्यालमा जम्प गर्नुपर्ने दृश्यमा अभिनय गर्ने क्रममा उनी लडेर घाइते भएकी थिइन् । भारतीय मिडिया अनुसार कंगना केही दिन सम्म आराम गर्नु पर्ने र ह्विचियरमा हिड्नु पर्ने लेखेको छ । कंगनाले ‘मणिकर्णिका’मा रानीको भूमिकाका देखिएकी छिन् । उक्त चलचित्रमा उनले द्धन्द्धका दृश्यहरू धेरै दिएको जनाएको छ । कंगना घाइते भएसँगै चलचित्रको छायाङ्कन प्रभावित भएको भारतीय मिडियाले जनाएको छ ।