बलिउड चलचित्र ‘पद्मावती’को विरोधले पछिल्लो समय निकै चर्चा पाइरहेको छ । संजयलिला भन्सालीको निर्देशनमा तयार भएको चलचित्रको विरोध यति सम्म कि चलचित्र रिलिज हुने दिन राजपूत करणी सेनाले भारत बन्द गर्ने आह्वान समेत गरेको थियो । डिसेम्बर १ मा रिलिज हुने भनिएको चलचित्रको यति बेला प्रदर्शन मिति सारिएको छ । अत्याधिक विवादको कारण निर्माण पक्षले रिलिज डेट सारेको हो । यद्दपी कुन मितिमा रिलिज हुन्छ भन्ने निणर्य भने गरिसकेको छैन । तर भारतीय मिडियामा आएको समाचारलाई मान्ने हो भने पद्मावती २०१८ जनवरी १२ मा रिलिज हुन सक्ने बताइएको छ । यता पद्मावतीकाे प्रदर्शन रोकिए सँगै राजपुत सेनाले भारत बन्द नगर्ने घोषणा गरिसकेको छ ।