बलिउडकी चर्चित गायिका मोनाली ठाकुर नेपाल अाइपुगेकी छिन् । पछिल्लो समय बलिउडका चर्चित कलाकार, गायक–गायिकाहरु नेपाल आउने क्रम बढ्दो छ । यसैमा चर्चित गायिका ठाकुर पर्फेक्ट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतिमा आयोजना हुन लागेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ कार्यक्रमको लागी नेपाल अाएकी हुन् । शुक्रबार नेपाल अाइपुगेकी ठाकुरसँग अन्तरक्रिया गर्नेकाे निम्ती अायाेजक टिमले पत्रकार सम्मेल अायाेजना गरेकाे थियाे । कार्यक्रममा बाेल्दै ठाकुरले कन्सर्टमा चर्चित हिन्दी गीतकाे साथै नेपाली गीत समेत गाउने जानकारी दिइन् । भाेली अर्थात डिसेम्बर ९ तारिखमा काठमाडौँको डेजा भू क्लबमा कन्सर्ट अायाेजना हुदै छ । कार्यक्रममा नेपालबाट नायकद्धय सलोन बस्नेत र आमेष भण्डारीको पनि विशेष प्रस्तुति दिने छन् ।
तस्बिर:- मिलन ढुङ्गाना