बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली बिचको प्रेमसम्बन्ध कसै सामु लुक्न सकेको छैन । लामो समय देखी एक अर्काको प्रेममा परेका यी दुईले विवाह गर्ने लागेको समाचार भारतीय मिडियामा आइरहेको हुन्छ । तर दुवैले यो कुरालाई अस्वीकार गर्दै आइरहेका छन् । यतिबेलाअनुष्का र बिराटको विवाहको कुरालाई नयाँ मोड लिएको छ । भारतीय मिडिया अुनसार यी दुईको विवाह पक्का भएको बताएको छ । यी दुईको विवाह इटलीमा हुन लागेको खुलाएको छ । ९ देखी १२ डिसेम्बरको बिचमा इटालीको, फ्लोरेंस सहरमा विवाह समारोह आयोजित हुने भारतीय संचारमाध्यले बताएको छ । विवाहकै लागी अुनष्का सहित उनको परिवार इटली गइसकेका छन् । विवाहकै कारणले गर्दा बिराटले श्रीलंकाका विरुद्ध हुने टी २० नखेल्ने बताइएको छ ।  विवाह नजिकदै गर्दा पनि अनुष्का भने आफ्नै निर्माणमा बन्न लागेको चलचित्र ’परी’ को तयारीमा व्यस्त छिन् ।