बलिउड अभिनेता रणबिर सिंह र अभिनेत्री आलिया भट्टको जोडीमा ‘सिम्बा’ बन्ने भएको छ । चलचित्रलाई रोहित सेट्ठीले निर्देशन गर्ने छन् भने करण जोहरले निर्माण गर्ने भएका छन् । केही दिन अघि करण जोहर र रणबिर सिंहले सामाजिक सञ्जालमा पोस्टरसहित चलचित्र ‘सिम्बा’को निर्माण घोषणा गरेका थियो ।

उक्त समय अभिनेत्रीको नाम भने सार्वजनिक गरिएको थियो । यति बेला भारतीय मिडियाले रणबिरको अपोजिटमा आलिया रहेको खुलाएको छ । यी दुई जोडी जोया अख्तरको नयाँ चलचित्र ’गुली ब्वाइ’मा पनि अनुबन्धित भइसकेका छन् ।