लामो समय देखी एक अर्काको प्रेममा रहेका बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहलीले विवाह गरेका छन् । केहि समय अघि देखि नै यी दुईको विवाहको कुराले बलिउड मिडियाहरुमा चर्चा पाईरहेको थियो तर दुवैले यो कुरालाई अस्वीकार गर्दै आइरहेका थिए ।

इटालीको फ्लेरेन्स सहरमा यी दुईको विवाह सम्पन्न भएको हो ।विवाहमा अनुष्काले गोल्डन कलरको लेहेंगा लगाएकी छिन् भने विराट गोल्डन शेरवानीमा देखिएका छन् । विराट र अनुष्काको विवाहको तस्बिरहरु यतिबेला सोसियल साइटहरुमा भाइरल भइरहेका छन् ।

अनुष्का र विराटले आफ्नो फ्यानहरुसंग विवाहको खुशी साट्दै ट्विटरमा लेखेका छन्, ‘आज हामीले एकअर्कासँग सधै साथमा रहने कसम खायौं । यो खबरलाई तपाईहरु माझ शेयर गर्न पाउँदा मलाई निकै खुसी लागेको छ । तपाईहरुको मायाले हाम्रो यो यात्रालाई अझ खास बनाइदिएको छ ।’





