बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्रको ‘प्याड म्यान’को ट्रेलर सार्वजनिक भएको छ । महिलामा हुने पीरीयडको समस्या देखाइएको उक्त चलचित्रमा अक्षय समाजसेबकको रुपमा देखिएका छन् l आर बाल्कीले निर्देशन गरेको यो चलचित्रलाई होप प्रोडक्सनले निर्माण गरेको हो ।

 

 

अक्षयसँगै ट्रेलरमा अभिनेत्री सोनम कपुर, राधीका आप्ते सहित अन्य कलाकारहरूको मुख्य भूमिका रहेको छ l सामाजिक घटनामा आधारित चलचित्र ‘प्याड म्यान’ जनावरी २६ तारिकमा रीपब्लीकको दिन रिलिज हुनेछ ।