पछिल्ला केही दिन अघि अभिनेत्री ऋचा शर्माको चर्चा मिडियामा निकै चल्यो । बिशेषत शर्मा र चलचित्र ‘छक्का पञ्जा’ युनिट बिच फेसबुकमा केही दिन भनाभन चलेको थियो । यति बेला अभिनेत्री ऋचा शर्मालाई एक नायिकाले मानसिक रूपमा बिरामी भएको भन्दै फेसबुकमा स्टाटस लेखेकी छिन् । चलचित्र ‘फिर्के’की नायिका क्रिस्टिना पौडेलले ऋचाले आफू माथि ह्यारेसमेन्ट समेत गरेको भनेर स्टाटस लेखेकी छिन् । बुझिएअनुसार उक्त स्टाटस केही समय पहिलाको हो । जतिबेला ‘छक्का पञ्जा’ टिमसँग ऋचाको अनबन भएको थियो सोही समय क्रिस्टिनाले ‘गेट बेल सुन’ भन्दै स्टाटस लेखेकी थिइन् । 


खासमा के भएको थियो ? 
पौष २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फिर्के’मा ऋचा र क्रिस्टिनाले एकसाथ काम गरेका छन् । चलचित्रको पोस्टरको फोटोसुट गर्ने समय यी दुई नायिका बिच झगडा भएको थियो । फोटोसुटको क्रममा ऋचाले बस्ने ठाउँ पाइनन् । क्रिस्टिना भने बेन्चमा बसिरहेकी थिइन् । ऋचाले क्रिस्टिना बसेको बेञ्चमा बस्नको लागी क्रिस्टिनालाई आग्रह गरिन् । तर क्रिस्टिनाले मानिनन् । दोस्रो पटकपनि आग्रह गर्दा क्रिस्टिनाले अपशब्द बोलेपछि, ऋचाले पनि अपशब्द बोलेको बताइएको छ । केही बेर यी दुई नायिका बिच भनाभन भएसँगै ऋचाले फोटोसुटनै छाडेर हिडेकी थिइन् । यति बेला प्रमोसनमा यी दुवै नायिका छैनन् ।  नव(नायिका क्रिस्टिना त नर्वे पुगिसकेकी छिन् । ऋचाले पनि चलचित्रको प्रमोसनमा मतलब नै गरेकी छैनन् ।