बलिउडमा मात्र नभई हलिउडमा समेत चर्चा बटुल्न सफल भएकी अभिनेत्री प्रियंका चोपडा केही दिन अगाडी एक अवार्ड समारोहको लागी मुम्बई पुगेकी थिइन् । उक्त अवार्ड सोमा प्रियंकाले दमदार प्रस्तुति समेत दिइन् । मङ्गलवार आयोजित ‘जी सिने अवार्ड’को रेड कार्पेटमा जब प्रियंका पुगिन् तब पत्रकारहरुले उनलाई विवाह कहिले ? भन्ने प्रश्न गरेका थिए । यति बेला चर्चामा रहेको जोडी बिराट कोहली र अनुष्का शर्माको विवाहको कुरा जोड्दै प्रियंकालाई प्रश्न गरिएको थियो । यता प्रियंकाले आफूलाई बिराट र अनुष्काको विवाहको कुनै लेनादेना नभएको भावले  दिएकी थिइन् । विवाहको बारेमा बोल्दै प्रियंकाल आफूलाई सुहाउने वर नपाएको समेत दाबी गरिन् । मिडिया सामु बोल्दै सुहाउने बर पाए मात्र विवाह गर्न उनले बताएकी थिइन् ।