बलिउड अभिनेत्री काजोल अब गायिका बन्ने भएकी छिन् । निर्देशक प्रदिप सरकारको नयाँ चलचित्र ‘एला’मा काजोलले अभिनयको साथमा गीत पनि गाउने भारतीय मिडियाले जनाएको छ । आनन्द गान्धीको ‘बेटा कागाडो’मा आधारित गुजराती नाटकमा बन्न लागेको चलचित्रलाई अभिनेता अजय देवगन र अभिनव शुक्लाले निर्माण गर्न लागेका हुन् । चलचित्रमा काजोल एक आमाको साथै गायिकाको  भूमिकामा देखिने भएकी छिन् ।  पछिल्लो समय  काजोल अभिनित चलचित्र ‘दिलवाले’ प्रदर्शनमा आएको थियो ।