अलि अब्बास जफरको निर्देशनमा तयार भएको चलचित्र ‘टाइगर जिन्दा हे’ले यति बेला सिनेमा हलमा धमाका मचाइरहेको छ । चलचित्रले पहिलो चार दिनमा १५० करोड भारुको कमाई गरिसकेको भारतीय मिडियाले जनाएको छ । बलिउड अभिनेता सलमान खान र कैटरिना कैफको अभिनय रहेको चलचित्रले पहिलो दिन ३४.१० करोडको ओपनिङ गरेको थियो । त्यस्तै दोस्रो दिन ३५.३० करोड, तेस्रो दिन, ४५.५३ करोड र चौथो दिन ३६.५४ करोडको कमाई गरेको छ । भारतीय मिडियाले दिएको जानकारी अुनसार चलचित्रलो चार दिनमा कुल १५१.४७ करोडको कमाई गरेको छ । यो चलचित्र भारतभर ४६०० र भारत बाहिर ११०० हलमा प्रदर्शन भएको छ । २०१२ मा प्रदर्शन भएको चलचित्र ‘एक थाहा टाइगर’को सिक्वेलको रूपमा रहेको ‘टाइगर जिन्दा हे’मा सलमान र कैटरिनाको साथमा अंगद बेदी, परेश रावल, अनुप्रिया, कुमुद मिश्रा लगायतका कलाकारको अभिनय रहेको छ । यशराज फिल्म्सको ब्यानरबाट निर्मित चलचित्रले कमाइको साथसाथै समिक्षकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ ।