चलचित्र ‘नाई न भन्नु ल ४’बाट रजतपटमा पाइला चालेकी अभिनेत्री हुन् – वर्षा राउत ।दर्जनौ म्युजिक भिडियो हुदैँ  नेपाली चलचित्रको जंघार टेकेकी उनले गर्ने जीवन्त अभिनयकै कारण उनलाई रुचाउने जमात ठुलै छ।  नेपाली दर्शकले बनाएको नायिकाको आवरणमा आधारित तर्जुमाका कारण अभिनियसँगै वर्षा शाररिक बनावटको कारण बेलाबखतमा टिकाटिप्पणी भइरहेको हुन्छ । यी सुन्दरी नायिका बेलाबेलामा आफ्नो तौलको कारण सामाजिक सञ्जालमा ट्रोलको सिकारमा समेत परिरहेकी हुन्छिन् । आफ्नै नजिकका कतिपय सहकर्मीहरुले वर्षालाई तौल घटाउनलाई सुझाव दिइरहेका हुन्छन् । 

 

 

 

 

 

 

 

एउटै कुरालाई बारम्बार दोहोर्‍याउँदा मान्छेको सोचमा असर नपर्ने कुरै भएन तसर्थ वर्षालाई पनि सबैको कुरा मनमा परेछ क्यारे । यति बेला उनी तौल घटाउनकै लागी अस्ट्रेलिया पुगेकी छिन् । दुई महिनाको लागी अस्ट्रेलिया पुगेकी वर्षाले १० किलो बढी तौल घटाउनलाई मेहनत गरिरहेको वर्षाका निकट बताउछन् । यही विषयमा वर्षासँग सिनेपाटीकर्मीले बुझ्न खोज्दा उनी भन्छिन् ‘पारिवारिक भेटघाटको लागी आएकी हु । चाँडै नेपाल फर्किन्छु ।’ तौल घटाउने विषयमा भने आफूले अहिले केही बताउन नचाहेकी उनले टार्न खोजिन्। यही अाँउदाे पाैष २८ गतेबाट वर्षा अभिनित चलचित्र मिस्टर झाेले प्रर्दशन हुन्दैछ  ।