केही दिन अघिमात्र विवाह बन्धनमा बाँधिएका बलिउड नायिका अनुष्का शर्मा र भारतीय क्रिकेटर बिराट कोहलीले बलिउड फिल्म र उद्योगसँग जोडिएका व्यक्तिहरूका लागि मङ्गलवार दोस्रो रिसेप्सन पार्टी आयोजना गरेका थिए । रिसेप्सन पार्टीमा शाहरुख खान, आमिर खान, अमिताभ बच्चन देखि लिएर दर्जनौँ बलिउड कलाकारहरूको उपस्थिति रह्यो । तर अचम्मको कुरा के छ भने उक्त पार्टीमा एकसाथ ‘सुल्तान’ जस्तो सुपरहिट फिल्ममा काम गरेका सलमान खान भने उपस्थित भएनन् । भारतीय मिडियाको अनुसार अुनष्काले आफ्नो रिसेप्सन पार्टीमा अभिनेता सलमान खानलाई निम्ता दिएकी थिइनन् । खासमा फिल्म ‘सुल्तान’को सुटिङको दौरान मिडियामा बिराट र अनुष्काको ब्रेकअप भएको खबर बाहिरिएको थियो । उक्त समय अस्ट्रेलियामा रहेका विराटले अनुष्कासँग कुनै ठाउँमा घुम्न जाने योजना बनाइरहेका थिए । तर, फिल्म सुल्तानको सुटिङमा व्यस्त भएकी अनुष्काले बिराटको अफरलाई अस्वीकार गरेकी थिइन् । भारतीय मिडियाको अनुसार अनुष्काले सलमानको कारण बिराटको अफरलाई नकारेकी थिइन् । त्यही घटनालाई लिएर बिराटले सलमानलाई नबोलाउन अनुष्कालाई भनेको भारतीय मिडियाको दाबी छ ।