नेपालमा हुन लागेको ‘दबङ टूर रिलोडेड’मा अभिनेता सलमान खानसँग अभिनेत्री कट्रिना कैफ पनि आउने भएकी छिन् । सलमानको म्युजिकल टूरमा कैफ पनि रहने खबर बलिउड हंगामाले जनाएको छ। कार्यक्रमको इन्टरनेसनल प्रोमोसन कम्पनी साहिल प्रोमोसनका भावेश पटेलले उक्त जानकारी दिएका हुन्। मार्च १० मा काठमाडौँको टुँडिखेलमा आयोजना हुन लागेको कन्र्सटमा सलमान र कट्रिनाले एकासाथ स्टेजमा प्रस्तुति दिने भएका हुन् ।
दबङ्ग टूरको दोस्रो संस्करण सन् २०१८ को जुन, जुलाईमा अमेरिका र क्यानडामा हुँदैछ। कार्यक्रममा अन्य कलाकारहरू ज्याकलिन, सोनाक्षी सिंहा, प्रभु देवा, मनिस पाउल,डेजी शाह लगायत पनि रहनेछन्।