२०१८ मा हुन लागेको जी सिने अवार्डमा अभिनेत्री प्रियंका चोपडाले स्टेजमा नाचे बापत लिने पारिश्रमिकले यति बेला बलिउड सञ्चारमाध्यममा हलचल मच्चाएको छ । प्रियंकाले अवार्ड समारोहमा नाचे बापत प्रतिमिनेट १ करोड लिएकी छिन् । उनले जिसिने अवार्ड समारोहमा ५ मिनेटको प्रस्तुति दिएकी छिन् । ५ मिनेटको प्रस्तुतिको लागी प्रियंकाले ५ कारोड पारिश्रमिक लिएको भारतीय संचारमाध्यमले बताएको छ । अवार्डमा प्रियंकाको साथमा रणबिर सिंह, कटरिना कफै,, शाहिद कपूर, भूमि पेडनेकर लगायतका कलाकार पनि प्रस्तुति दिने बताइएको छ ।प्रियंका हाल आगामी हलिउड चलचित्र ‘इजन्ट इँट रोमान्टीक’ र ‘अ किड लाइक जेका’  को सुटिङमा व्यस्त छिन् ।