भारतका चर्चित कमेडियन सुनिल ग्रोबर नेपाल आइपुगेका छन् । उनी नयाँ वर्ष २०१८ मा आयोजना हुन लागेको ’’कर्पोरेट सो’’को लागी उनी नेपाल आएका हुन् । कार्यक्रम आज जनवरी ५ मा पाँचतारे होटेलमा आयोजना हुँदै छ । ग्रोबरले आफ्नो सामाजिक सञ्जाल इन्टाग्राममा पशुपति मन्दिरमा पुगेर फोटो राखेका थिए । कमेडीमा आफ्नो छुट्टै पहिचान बनाएका सुनिलका साथमा केही नेपाली कलाकारले समेत प्रस्तुति दिने बताइएको छ । उनीसँगै गायक हेमन्त राना र नायिका स्वस्तिमा खड्काले प्रस्तुति दिने छन् ।