बलिउड र हलिउडमा जस्तै नेपालमा पनि पछिल्लो समय कलाकारहरू आफ्नो भूमिकालाई जबरजस्त बनाउनको लागी मेहनत गर्न थालेका छन् । यति बेला अभिनेत्री पूजा शर्मा आफ्नो भूमिकाको लागी मेहनत गरिरहेकी छिन् । पूजाले चलचित्रको लागी करिब ३ हप्ता देखि जिमा र जुम्बामा आफ्नो दिन बिताएको बताएकी छिन् । उनले सामाजिक सञ्जालमा केही तस्बिरहरू सेयर गर्दै 'कोसिस जारी छ' लेखेकी थिइन् ।बुझिए अनुसार पूजाको नयाँ चलचित्रलाई सुदर्शन थापाले नै निर्देशन गर्दै छन् । नायकको खोजी गरिरहेको यो चलचित्रमा पूजाको फरक भूमिका रहेको बताइएको छ । चलचित्र माघको अन्तिम साता देखि फ्लोरमा जाने भएको छ । यस वर्ष पूजाको अभिनय र निर्माण रहेको चलचित्र 'म यस्तो गीत गाउँछु' प्रदर्शनमा आएको थियो ।