भारतका चर्चित कमेडियन सुनिल ग्रोबर हाल नेपालमा छन् । उनी शुक्रबार राजधानीमा आयोजना भएकाे एक विशेष कार्यक्रमको लागी बिहिबार नेपाल आइपुगेका थिए । शुक्रबार साँझ सोल्टी होटेलमा शिवम् सिमेन्टले आयोजना गरेको कीर्ति समारोहमा सुनिलले आफ्नो प्रस्तुति दिएका थिए । चर्चित कमेडी सो कपिल शर्मा सोमा डाक्टर मसहुर गुलाटी, रिक्कु भाजी, गुथ्थी पात्रले सुनिल चर्चित छिन् । उनले शनिवारको कार्यक्रमा डाक्टर मसहुर गुलाटीकाे साथै गुथ्थी बनेर कार्यक्रममा पुगेका थिए । करिब १ घण्टा स्टेजमा बिताएका ग्रोबरले गुलाटीको साथै विभिन्न बलिउड अभिनेताहरूको नक्कल समेत गरेका थिए । सुनिलको प्रस्तुति सुरु भएसँगै कार्यक्रमको माहौल हास्यमय भएको थियो । उनले स्टेजमा दर्शकलाई बोलाउदै, नचाउदै र गाएर रमाइलो गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल आफ्नो जस्तै घर भएको ग्रोबरले बताए । आफू चाँडैनै परिवार सहित पुनः नेपाल आउने उनले बताए ।उक्त कार्यक्रममा सुनिलको साथमा गायक हेमन्त राना र नायिका स्वस्तिमा खड्काले आफ्नो दमदार प्रस्तुति दिएका थिए ।
हेर्नुस् डाक्टर मसहुर गुलाटीकाे रमाइलाे भिडियाे :