बेलाबेला नायिकाहरूको पहिरन र उनीहरूको शरिरिक बनावटले  सञ्चार माध्यम तताउने गर्दछ । यति बेला भने भर्खर मात्र आमा बनेकी बलिउडकी चर्चित नायिका करीना कपुरको विकिनी अवतारले सञ्चार माध्यम र सामाजिक संजालामा हंगामा मच्चाइरहेको छ । आमा बनेको केही समयमै करीनाले आफ्नो शरीर मेन्टेन गर्न सफल भएकी हुन् । यती छिटै आफूलाई ग्ल्यामरस् देखाउन सफल भएकी कारीनाको यो विकिनी सुट 'वोग म्यागजिन'का लागि गरिएको  थियो। उनको यो रूपलाई कतिपयले आलोचना समेत गरेका छन् । आफ्नो शरीरलाई पहिलाकै रूप दिनको लागी उनले छोरा तैमुर जन्मेको केही दिनमै जिमा  जान थालेकी थिइन् । यती मात्र नभएर उनी दिनको  १३ घण्टा व्यायाम गर्छिन् ।
भारतीय सञ्चार माध्यमका अनुसार करीना पछिल्लो समय आफ्नो पति सफै र छोरा तैमुरसँग युरोपमा छुट्टी मनाईरहेकी छिन्।