बलिउड अभिनेता अक्षय कुमार अभिनित नयाँ चलचित्र ‘केशरी’को लुक्स आउट भएको छ । पहेँलो रङको पगडी र लामो दारीमा अक्षयलाई प्रस्तुत गरिएको छ । ‘केशरी’ १८९७ मा एक ब्रिटिस भारतीय सेना र अफगान सेनाको लडाँईमा आधारित सत्य कथा हो । धर्मा प्रोडक्सनको ब्यानरबाट निर्मित यस चलचित्रमा अक्षय पन्जाबी सरदरको भूमिकामा देखा पर्ने छन् । चलचित्रलाई अनुराग सिंहले निर्देशन गर्दै छन् । चलचित्रको छायाङ्कन केही  दिन अघिबाट सुरु भइसकेको छ । यति बेला अभिनेता अक्षय अभिनित चलचित्र ‘प्याड म्यान’ प्रदर्शनको तयारीमा रहेको छ ।