केही समय अघिमत्र विवाह बन्धनमा बाँधिएका नायिका अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीको विवाहको चर्चा नसकिदैँ अर्की अभिनेत्री सोनम कपूरको विवाहको खबर बाहिरिएको छ । लामो समयसम्म प्रेमसम्बन्धमा रहेकी सोनमले आफ्नो प्रेमी आनन्द आहुजासँग विवाह गर्न लागेको भारतीय मिडियाले बताएको छ । आहुजा दिल्लीका चर्चित व्यापारी हुन् । उनीहरू तीन वर्षदेखि एकअर्काको प्रेममा छन् । पछिल्लो केही दिनदेखि लण्डनमा छुट्टी मनाइरहेका यी जोडीले आधिकारिकरुपमा आफ्नो सम्बन्धलाई भने खुलासा गरेका छैनन् । यी जोडीले विवाहको लागी जोधपुरमा ठाउँ समेत तय गरिसकेको भारतीय संचारमाध्यमले लेखेको छन् । विवाहको मिति भने अहिले सम्म सार्वजनिक गरिएको छैन ।