बहुप्रतिक्षित बलिउड चलचित्र ‘२.०’को रिलिज मिति घोषणा गरिएको छ । एस शङ्करको निर्देशनमा तयार भएको चलचित्र यही अप्रिल १४ मा रिलिज हुने भारतीय मिडियाले जनाएको छ । चलचित्र गीत भने २०१७ दुबईमा लन्च गरिएको थियो । २.० चलचित्र २०१० मा रिलिज भएको ब्लकबस्टर चलचित्र ‘रोबोर्ट’को सिक्वेल हो । चलचित्रमा रजनीकान्त सँगै अक्षय कुमार र यम्मी ज्याक्सन मुख्य भूमिका रहेको छ । खलनायकको पात्र मा देखिएका अक्षयको लूक्स लाई दर्शक ले अत्यधिक रुचाएका छन् । यो चलचित्र एसियाकै सबै भन्दा महँगो चलचित्रको सुचीमा परेको छ ।