केही दिन अघि बलिउड अभिनेता अक्षय कुमार अभिनित नयाँ चलचित्र ‘केशरी’को पहिलो लुक्स सार्वजनिक गरिएको थियो । तर उक्त समय अभिनेता फाइनल भएता पनि अभिनेत्रीको भने टुङ्गो लागेको थिएन । करण जहरले निर्माण गर्न लागेको चलचित्र ‘केशरी’मा अभिनेत्री फाइनल भएको छ। करणले बिहीबार ट्विटरमार्फत अभिनेत्री परिणीति चोपडाको नाम टुइट गरेर दर्शकको कौतुहल्ता मेटाइदिएका छन् । अब चलचित्रमा पहिलो पटक अक्षय र परिणीतिले स्किृन सेयर गर्ने भएका छन् । चलचित्रलाई अनुराग सिंहले निर्देशन गर्ने छन् । यस अघि करणले यो विषयमा सलमान खान र पछि अजय देवगणसँग चलचित्र निर्माण गर्ने सोच बनाएका थिए । तर दुवै अभिनेतासँग कुरा  नमिलेको कारण करणले अक्षयसँग मिलेर चलचित्र निर्माण गर्न लागेका हुन् । चलचित्र २०१९ मा रिलिज आउने बताइएको छ ।