कपिल शर्मा टेलिभिजनका सफल स्टारको सूचीमा पर्छन् । उनी स्टार हुनुमा कमेडी शोको ठुलो हात छ l केहि समय अघि उनले फिल्मका लागि भन्दै आफ्नो शोमा बिश्राम लिएका थिए र चाडैं नै टेलिभिजनमा फर्कने बताएका थिए l उनको फिल्म पनि रिलिज भइसक्यो, स्वास्थ्य पनि ठीक भइसक्यो । तर, कपिल टेलिभिजनमा किन ‘कमब्याक’ भएका छैनन् । उनको कमेडी शो बन्द भएको झन्डै ६ महिना भइसक्यो । ‘कमेडी नाइट विद कपिल’को प्रसारण बन्द भएपछि टेलिभिजन दुनियाँमा निकै हल्ला चल्यो l अब कपिलको शो आउने नआउने भन्ने बिषयमा अहिलेसम्म कुनै आधिकारिक खबर बाहिर आएको छैन l

पक्कै पनी तपाईंहरुको मनमा कपिल कता गए र के गरीरा छन, भन्ने कौतुहल्ताको प्रश्न उठी रहेको होला? केही दीन अगाडी उनले आफ्नो केही फोटो र बिग्रीएको अनुहारको भिडियो समाजीक संजालमा सेयर गरेर आफ्नो अनुहारलाई उनले सुन्तलासँग दाजेका थिए l आफुले धेरै सुन्तला खाएर आफ्नो अनुहार सुन्तला जस्तै गोलो भएको भनेर उनले रमाईलो फोटो पोस्ट गरेका थिए l उनले सार्वजनिक गरेको छोटो भिडियो १३ लाखभन्दा धेरैले हेरिसकेका छन् । कतिपयले कपिलको कमेडी मिस गर्नुका साथै कमेन्टमा कहिले क्म्ब्याक हुने जस्ता प्रश्न सोधेका थिए l अब फेरी कपिल क्म्ब्याक भएभने कपिलले पहिला जस्तै क्रेज पाउलान् ? कपिलले पहिलाको जस्तै स्थान लिन सक्लान्?