निर्देशक रेमो डीसुजा निर्देशित फिल्म 'रेस ३'को शूटिंगलाई बीचैमा रोकेर अभिनेता सलमान खान घर फर्केका छन् l बास्तवमा सलमानले मुम्बई पुलिसले भन्ने अनुसार यसो गरेका हुन् l मुम्बई पुलिसले सलमानको ज्यानलाई खतरा हुने सङकेत पाएको थियो l पुलिसले उनलाई शूटिंग गरिरहेको बेला रोकेर सुरक्षित स्थानमा जान आग्रह गरेका थिए l घटनालाई मध्य नजर राख्दै टाइट सेक्युरिटी साथ सलमान घर फर्केका हुन् l सलमानलाई पुलिसले टाइट सेक्युरिटी सहित केही दिन घर भित्रै बस्ने सुझाव दिएको भारतीय मिडियाले उल्लेख गरेको छ l