बलिउडमा यस्ता थोरै सीनेकर्मी होलान् जो पैसा कमाउन थाले पछि आफ्नो आमा बुवासँगै बसेका छन् l प्राय : सिनेकर्मी छुटै बसेको बेलाबखत सुन्नमा आइरहन्छ l ती सिनेकर्मीको हुलमा बरुण धवन पनि थपिएका छन् l हाल बरुण बाबु डेबिडको घर छाडेर आफ्नै घरमा बस्न थालेको खबर भारतीय मिडियाले बताएको छ l केही समय अघिदेखि मुम्बईमा घर खोजिरहेका बरुण हाल आफ्नी प्रेमीका नताशा दलालसँग समय बिताउने गरेका छन् । सँगै हुर्किएका उनीहरूबिच गहिरो प्रेम परेता पनि पछिल्लो समय बरुण आलीयासँग नजिक भएको कारण नताशा चिन्तामा परेकी थिइन् l त्यसै कारण पनि नताशा र वरुणसँगै बसेको भारतीय मिडियाले उल्लेख गरेको छ l