बलिउड अभिनेता अजय देवगन आगामी चलचित्रमा देखिने भएका छन् । चलचित्रको नाम हो 'टोटल धमाल' । अजयले गत सोमबार ट्वीटरमा भोलि सुरु हुदैछ 'टोटल धमाल' भनेर ट्वीट गरेका थिए । चलचित्रलाई अशोक ठाकरिया र अजय मिलकरले संयुक्त रूपमा निर्माण गर्ने भएका हुन् । टोटल धमाल' 'धमाल' फ्रेंचाइजीको तेस्रो फिल्म हो । चलचित्रलाई इंद्र कुमारले निर्देशन गर्नेछन् । यो भन्दा अघि पनि निर्देशक इंद्र कुमार निर्देशित चलचित्र धमाल र डबल धमालले एैतीहासीक रुपमा राम्रो व्यापार गरेको थियो । चलचित्रको शूटिंग गत मङ्गलवारबाट सुरु गरिएको हो । चलचित्रमा रीतेश देशमुख, माधुरी दीक्षित, अनिल कपूर, अरशद वारसी ,जावेद जाफरी लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ । चलचित्र २०१८ डिसेम्बर ७ को दिन प्रदर्शनमा आउने बताइएको छ ।