बलिउड अभिनेता रणबीर कपूर र अभिनेत्री आलिया भट्टको जाेडीमा ’ब्रह्मास्त्र’ बन्ने भएको छ । भारतीय मिडियाको अनुसार चलचित्रलाई अयान मुखर्जीले निर्देशन गर्दै छन् । केही समय अघि अभिनेत्री आलिया भट्टले रणबीर, अयान र आफ्नो फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । चलचित्रमा आलिया लडि रोलमा देखिने र रणबीर एक सुपरहिरोको भूमिकामा देखिने भारतीय मिडियाले जनाएको छ । चलचित्रमा यी दुईको अलावा अभिताभ बच्चन र नागिन सिरियलकी अभिनेत्री माेनी रायको मुख्य भूमिका रहने छ । हाल आलिया रणबीर सिंहसँगको नयाँ चलचित्रको सुटिङमा व्यस्त छिन् ।