बलिउड चलचित्र क्रिस ४ ले रिलिज मिति घोषणा गरेको छ । गत हप्ता निर्देशक राकेश रोशनले आफ्नो छोरा अभिनेता ऋतिक रोशनको जन्मदिनमा चलचित्र निर्माणसँगै रिलिज मिति घोषणा गरेका हुन् । चलचित्र २०२० को डिसेम्बर ४ मा रिलिज हुने भएको छ । यसका अघि कोही मिल गया, क्रिस, क्रिस २ र क्रिस ३ रिलिज भइसकेको छ । यी सबै चलचित्रलाई राकेश रोशनले निर्देशन गरेका हुन् । बलिउड बक्स अफिसमा धमाका मचाएको यी चलचित्रको चौथो भाग हो क्रिस ४ । चलचित्रमा ऋतिकले अभिनेत्री प्रियंका चोपडा, प्रीति जिन्टा र कंगाना रनाउतले रोमान्स गरिसकेका छन् । तर अब क्रिस ४ माको अभिनेत्री हुनेछिन् भनेर निर्माण पक्षले खुलाएको छैन ।