बक्स अफिसको राजाको रूपमा बलिउड अभिनेता आमिर खानको नाम अगाडी आउँछ । उनी निर्मित प्राय चलचित्रले बक्स अफिसमा धुम मच्चाएको छ । फरक भूमिकामा हरेक पल्ट प्रस्तुत हुने आमिरले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । भारतीय मिडिया अनुसार चलचित्रको नाम ’महाभारत’ रहेको छ । उनी यसै चलचित्रको लागी हाल तयारीमा लागी परेका छन् । चलचित्रलाई आमिर आफैले निर्देशन, निर्माण गर्दै छन् भने उनी स्वयंमको चलचित्रमा मुख्य भूमिका रहने छ । हाल अमिर ’ठग्स अप हिन्दुस्तानको’ शुटिङमा व्यस्त रहेकाले चाँडै नै नयाँ कामलाई सुरुवात गर्ने बताइएको छ ।