२०१७ मा विवादित बनेका कपिल शर्मा फेरी टेलिभिजन मार्फत फर्किने भएका छन् । केही समय चलचित्र र विवादमा रुमलिएका कपिलले कमेडीबाट ब्रेक लिएका थिए । भारतीय सञ्चारमाध्यमको अनुसार कपिल अब कमेडीयन नभई ,होस्टको रूपमा टेलिभिजनमा फर्किने भएका हुन् । बलिउड अभिनेता अमिताभ बच्चनको ‘कौन बनेगा करोडपति’मा कपिलले छुट्टै गेम खेलाउने भएका छन् । भारतीय मिडियाको अनुसार अमिताभको आग्रह पश्चात् उनले उक्त सोमा फरक तरिकाले कार्यक्रम होस्ट गर्ने भएका हुन् ।