अभिनेत्री पूजा शर्माको निर्माणमा बन्न लागेको चलचित्र ‘रामकहानी’मा नायक फाइनल गरिएको छ । चलचित्रमा पूजासँग नायक आकाश श्रेष्ठले रोमान्स गर्ने भएका छन् । ‘म त तिम्रै हु’बाट चलचित्र क्षेत्रमा डेव्यु गरेका आकाश अभिनित ‘तिमीसँग’, ‘ड्रिम गर्ल’ लगायतका केही चलचित्र प्रदर्शनको क्रममा रहेको छ । फागुन १ गतेबाट छायाङ्कन गरिने चलचित्रलाई सुदर्शन थापाले निर्देशन गर्दै छन् । कमेडी र लभ स्टोरी मिश्रित चलचित्रमा पूजा र आकाशको अलावा केदार घिमिरे माग्ने बुढा, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झाको मुख्य भूमिका रहनेछ ।
 

प्री–प्रोडक्सनको काम भइरहेको चलचित्र अउदो वर्ष २०७५को भदौ २२ मा हुने बताएको छ। यस चलचित्रको लागी नै पूजा र सुदर्शनले माग्ने बुढा र जितु नेपाललाई १० लाख र ७ लाख पारिश्रमिक दिएका थिए । जुन विषयले मिडियामा राम्रै स्थान पाएको थियो ।