बलीउड अभिनेता अक्षय कुमार ट्रोलको सिकार भएका छन् । गत सोमबार अक्षय प्याड म्यानको प्रमोसन गर्नका लागी दिल्ली युनीभरसीटी गएका थिए । प्रमोसन कै क्रममा उनले एक राजनीतिक दलको झन्डा बोकेको फोटो टुइट गरी 'यी लब्ली महिलाहरू 'प्याड'लाई कर रहित गर्न दौडीरहेका छन्' भनेर लेखेका थिए । तस्बिर पोस्ट भएसँगै सामाजिक सञ्जालमा अक्षयको चर्को आलोचना भएको छ । उनलाई रजनीतीको बेज्जत गरेको तथा रजनीतीबाट टाढै बस्न धेरै कमेन्टका साथसाथै सुझाब पनि आएको छ । अझै कतिले अक्षयलाई 'फ्लप म्यान'को समेत नाम दिएका छन् ।