करिब दुई वर्षको अन्तराल पछि अभिनेत्री श्वेता खड्का चलचित्र ‘कान्छी’बाट अभिनयमा पुरागमन गरेकी छिन् । अभिनेता श्रिकृष्ण श्रेष्ठको निधन भएसँगै शोकमा रहेकी स्वेताले केही समय अभिनयबाट टाढा रहिन् । व्यवसाय र सामाजिक काममा सक्रिय रहेकी खड्काले कान्छीलाई आफै निर्माण गराकी हुन् । ‘दर्शकको साथ पाउँछु भन्ने आसमा छु । ’ कान्छीको ट्रेलर लन्चमा कार्यक्रममा उनले सिनेपाटीसँग कुरा गर्दै आफू चलचित्र प्रति आशावादी रहेको बताइन् । बुधवार चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ ।

ट्रेलर रिलिज पछि श्वेता भन्छिन् ‘रातभरि डर लागेको थियो । कस्तो बन्ने हो ? भनेर । अहिले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छु ’ । ट्रेलर सार्वजनिक समारोहमा स्वेतासँग उनकी आमा गोमा खड्कापनि पुगेकी थिइन् । छोरीको अभिनय हेरेर दङ्ग भएकी स्वेताकी आमाले सिनेपाटीसँग कुरा गर्दै खुसी लागेको बताएकी थिइन् । ‘मैले सोचेको थिइन् । त्यति धेरै दुख पाएर पनि फेरी यो जीवन जिउन सकिन्छ भनेर । स्वेताको लागी यो नयाँ जीवन हो । ’ स्वेताकी आमा बताउँछिन् । उनी थप्छिन् ‘आज छोरीले गरेको यतिधेरै प्रगति देखेर गर्व महसुस हुन्छ । ’ कान्छीमा स्वेतासँग अभिनेता दयाहाङ राई मुख्य भूमिकामा देखिएका छन् । दया र स्वेताको जोडी निकै राम्रो लागेको आमाले बताइन् । ‘कान्छीको निर्माण घोषणा हुँदा मलाई धेरैले प्रश्न गरेका थिए । ‘स्वेताले बिहे गर्दै छिन् ? ’ भनेर । तर चलचित्रमा भने यो जोडी जमेको छ । ’ विवाह कहिले ? भनेर सोधिएको प्रश्नमा श्वेता र उनकी आमाले विवाहको बारेमा अहिले केही नसोचेको बताउँछन् ।